२५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026

गर्न सक्दैनन् छोराछोरीले आमा बाले जस्तो (गजल)

– नयन अधिकारी

गर्न सक्दैनन् छोराछोरीले आमा बाले जस्तो
गर्छन् मृत्यु पछि चिता सम्म उचाले जस्तो

बाचुन्जेल टाढा- टाढा हुन्छन् छोराछोरीहरु
एकछिन साथ दिन्छन् जल्दा दाउराले जस्तो

बाको मृत्युले भन्दा प्रेमीकाको यादले दुख्यो
दुखेन किन छाती प्रेमको ब्यथाले जस्तो

मरेपछि यति किन गर्छन् ?? मलाई जान्नुछ
घाटमा मुर्दालाइ नुहाए जस्तो पखाले जस्तो

अहिले फूलैफूल बिछ्याइरहेको छ जसले
बिझायो होला कति वचन त काँडाले जस्तो

छोरोले डोर्‍याउदै बृद्धाआश्रमसम्म पुर्‍यायो
जसले डोर्‍याइरहे आँखा बनेर आँखाले जस्तो

भरतपुर , चितवन

प्रकाशित मिति : 20:15