२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

नागरिक उन्मुक्तिले केन्द्रीय महाधिवेशन पुसमा

१५ असोज , काठमाडौँ । नागरिक उन्मुक्ति पाटीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस महिनाको २६, २७ र २८ गतेसम्म कैलालीको टिकापुरमा गर्ने तथा त्यसको तयारीका लागि विभिन्न १५ वटा उपसमितिसमेत गठन गरिएको सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले राससलाई जानकारी दिए ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १३:३५