२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

विद्यालयस्तरीय स्वास्थ्य साक्षरता कार्यक्रम

१५ असोज, रसुवा । विद्यालयमा सञ्चालन गरिने स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमले छात्रछात्रामा सकारात्मक प्रभाव पर्ने औँल्याइएको छ । यस्ता प्रशिक्षणले उनीहरुको वृद्धि विकासमा टेवा पुग्नुको साथै यसको प्रभाव समाजमा समेत देखिएको छ । लाकोस संस्थाको सहयोगमा ‘सिप्ला सेकुरेटिज प्रालि’द्वारा हाइल्याण्ड आवासीय मावि धुञ्चेमा आयोजित स्वास्थ्य सम्बन्धी प्रशिक्षणबाट छात्रछात्रामा सकारात्मक परिवर्नत देखिएको हो ।

ती संस्थाले छात्रछात्रालाई नियमितरूपमा शारीरिक स्वच्छता कायम कसरी राख्ने, पर्यटन विकास र स–साना उद्योगबाट कसरी आय गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही खुलारूपमा प्रशिक्षण दिएका थिए । स्वास्थ्यसम्बन्धी विषयमा बढी केन्द्रित रहेको सो प्रशिक्षणमा स्तन तथा पाठेघरमा हुने क्यान्सनप्रति पूर्वसावधानी, स्यानिटरी प्याडको प्रयोग, शारीरिक सरसफाइजस्ता विषयमा जानकारी गराइएको थियो । प्रशिक्षणले छात्रछात्रालाई स्वास्थ्यसम्बन्धी चेतनाको वृद्धि विकासमा टेवा पुगेको हाइल्याण्ड माविले जनाएको छ ।

कार्यक्रममा नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ र आयोजक संस्थाका अध्यक्ष राहुल अग्रवालले स्वास्थ्य प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए । सो अवसरमा सो विद्यालयका बालबालिकाद्वारा मनोरञ्जनात्मक नृत्य प्रदर्शन एवं स्वास्थ्यका विषयमा खुला प्रश्नोउत्तर समेत गरिएको थियो । लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष उत्तमबहादुर थापाले यस्ता चेतनामूलक कार्यक्रम विकट स्थानको गाउँगाउँसम्म पु¥याउन सुझाव दिए।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार ११:३८