१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

नबिल ब्यालेन्स्ड फन्ड-२ को बुकक्लोज मिति तय, कहिलेसम्म कायम इकाईधनीले पाउछन् लाभांश ?

१५ असाेज, काठमाडाैं । नबिल ब्यालेन्स्ड फन्ड–२ ले बुक क्लोजको मिति तय गरेको छ । नबिल ब्यालेन्स्ड फण्ड २ ले लाभांश वितरण प्रयोजनार्थ असोज २६ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यसकाे अर्थ असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।

फन्डले आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई ९.६ प्रतिशत नगद लाभांश घोषणा गरिसकेको छ । फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने कोष प्रबद्र्धक नबिल बैंक लिमिटेड रहेको छ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १०:४६