९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

कहिलेसम्म कायम सेयरधनीहरुले पाउछन् एभरेष्ट बैंकको लाभांश ?

१४ असाेज, काठमाडौँ । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात असोज १५ गते अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेकाे छ । यसकाे अर्थ असोज १५ गते साेमबारसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा सहभागि हुन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद (कर प्रयोजनसहित) गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लैनचौर बेंक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे बस्ने छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १६:४५