२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन

१७ कात्तिक, काठमाडाैँ । वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । तुलाधरको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो निधन भएको परिवारले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि तुलाधरलार्इ कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि नर्भिक अस्पताल लगिएको थियो । तुलाधर स्थापित मानवअधिकारकर्मी समेत हुन ।

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार १४:२३