सिटिजन लाइफसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
१४ असोज, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३३.२० अकंले घटेर १९७१.१० बिन्दुमा बन्द भएको छ । आइतबार २८४ कम्पनीको ६७ लाख २३ हजार ४०० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८३ करोड ४ लाख ८६ हजार रुपैयाँको कारोबार भएकोछ ।
आज सेयर बजार घट्दा पनि सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १४ करोड ७३ लाख ६० हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ९ करोड ३५ लाख ५३ हजार रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ३ लाख ५३ हजार रुपैयाँ, रिलायबल लाइफको ५ करोड ४० लाख ६२ हजार रुपैयाँ र शिवम् सिमेन्टको ४ करोड ५६ लाख ५३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १५:२६












