२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

कसमस सिमेन्टको चुनढुङ्गा ढुवानी विवादः स्थानीय र प्रहरीबीच झडप

१८ कात्तिक, काठमाडाैँ । उदयपुरको कसमस सिमेन्टको चुनढुङ्गा ढुवानीको विषयमा बिवाद हुँदा कटारी नगरपालिका ४ मा प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीयले प्रहरीले लाठीचार्जको नाममा महिलामाथि दूर्व्यवहार गरेको अारोप लगाउँदै प्रदर्शन गरेका छन । उनीहरूले  डिएसपी धुब्र श्रेष्ठको नेतृत्वमा रहेको प्रहरीले स्थानीय महिलामाथि लाठीचार्ज गरी दुव्यर्वहार गरेको अारोप लगाएका छन ।

कटारी नगरपालिका ५ मरुवा खोलाका स्थानीय मोहन कोइराका अनुसार राती १२ बजे कसमस सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने टिपर खुलाउने क्रममा इलाका प्रहरी कार्यालय कटारीका डिएसपी धुव्रकुमार श्रेष्ठको कामण्डमा आएको टोलीले लाठ्ठी चार्ज गरी हातपात गरेको बताए ।

प्रहरीको लाठ्ठी लार्जले कटारी नपा ४ मरुवा खोलकी बालकुमारी श्रेष्ठ, भक्तकुमारी राई, हरिमाया राई, राधिका राउत घाइते भएको नगरपालिका प्रवक्ता कृष्ण दनुवारले जानकारी दिए । इलाका प्रहरी कार्यालय कटारीका डिएसपी श्रेष्ठले चुनढुङ्गाको टिपर खुलाउने क्रममा केही महिलामाथि हातपात हुन गएको बताएका छन।

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार १२:५८