८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नारायणी डेभलपमेन्ट बैंकको १ लाख ९९ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

१४ असाेज, काठमाडाैं । नारायणी डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएकाे छ । बैंकको संस्थापक समूहको १ लाख ९९ हजार ९९९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हाे।

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको उक्त सेयरमा इच्छुक लगानीकर्ताले ७ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। लगानीकर्ताले चितवनको रत्ननगर–१ टाँडीस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १०:२४