१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

बुद्धिसागर सुवेदीः जसले झोलाको संस्था आफ्नै भवनमा पुर्याउन नेतृत्व गरे

१३ असोज, काठमाडौँ । बुद्धिसागर सुवेदी विदेशी भूमिमा रहेर काम गरिरहेका सफल नेपाली व्यवसायी र गैर आवासीय नेपाली संघ (एनआरएनए)का सफल अभियन्ता हुन । एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को अध्यक्ष हुँदा सफल नेतृत्व गरेका सुवेदी अहिले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ११औँ महाधिवेशनमा महासचिवको प्रत्यासी छन । सुवेदी महासचिवको उम्मेदवारीका बारेमा प्रष्ट पार्न र त्यहाँका एनआरएनएहरूको सुझाव संकलन गर्न विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्सँग छलफल र भेटघाटमा व्यस्त रहेका छन ।

सुवेदीले राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष हुँदा नमुना काम गरेका थिए । उनीले झोलामा रहेको संस्था आफ्नै भवनमा पुर्याउन नेतृत्व गरे ।  एनआरएनए अमेरिकाको आफ्नै भवनबाट कार्यालय सञ्चालनका लागि आफैँ भवन खरिद समितिको संयोजक भएर काम गरेका उनले ८२ राष्ट्रिय समन्वय समितिमा आफ्नै घर हुने पहिलो समिति बनाए । सबैभन्दा बढी सदस्य रहेको एनसीसीको सफल नेतृत्व गरेका सुवेदी आइसीसीको महासचिव भएर सफल नेतृत्व दिन चाहन्छन ।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा डिभी परेपछि अमेरिका पुगेका सुबेदीले अमेरिकामै दुई सय बढी नेपालीलाई रोजगारी दिएका छन । स्याङ्जामा जन्मेर चितवनमा हुर्केका सुवेदी ग्रामिण, सहरी र विदेशी सबै परिवेश बुझेका सकारात्मक सोचका साथ काम गर्ने व्यक्ति हुन । सुवेदी सन् २०१० देखि एनआरएनए अभियानमा संलग्न सुवेदी अमेरिकाका स्थापित नेपाली व्यवसायी हुन ।

नेपालमा हुँदादेखि नै सामाजिक काममा क्रियाशिल रहेका सुवेदीले अमेरिकामा पनि ‘नयाँ’ नामको सामाजिक संस्था स्थापना गरेर समाजसेवा गरिरहेका छन । उनी पछिल्लो समय त अझ बढी एनआरएनको अभियानबाटै समाजसेवाको काम पनि गरिरहेका सुवेदीको ११औँ महाधिवेशनमा महासचिवको सबैभन्दा उपयुक्त प्रत्यासी आफू रहेको दाबी छ ।

एनआरएनको विस्कन्सन च्याप्टरको संस्थापक अध्यक्ष भएर काम गरेका सुवेदी, एनआरएन एनसीसी अमेरिकामा विभिन्न तीन कार्यकाल काम गर्दै अध्यक्ष भएर सफलता पूर्वक जिम्मेवारी पूरा गर्ने अभियन्ता हुन । एनआरएन हाँक्ने स्पष्ट दृष्टिकोण बोकेर हिँडेका सुवेदी एनआरएनको इतिहास थप पारदर्शी र गर्विलो बनाउन चाहन्छन ।

एनआरएनए अभियानमा लागेर आफ्नो  व्यवसायसँगै सक्रिय रुपमा सुवेदीले अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिसकेका छन् । सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डम लगाएतका होटल र सुपरमार्केटहरु संचालन गरिरहेका छन् भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् । सुवेदीले केही साताअघि मात्र भैरहवामा रहेको पाचँ तारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन । पछिल्लो समय सबैको माझ लोकप्रिय, हसिला र सरल स्वभावका सुबेदीले संस्थागत बिकास र एनआरएनएमा सबैको अपनत्व बोधको लागि महासचिवमा सहयोग गरिदिन अनुरोध गरेका छन ।

यस्ता छन सुवेदीका प्रतिवद्धता

महासचिवका उम्मेदवार सुवेदीले एनआरएनलाई आमुल परिवर्तन गर्नको लागी आवश्यक पद्धति र आर्थिक पारदर्शीता सहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न र वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरु र सरकारसँग आवश्यक संवाद मार्फत कार्यान्वयन गर्न, महिला, युवा लगायत दोश्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्ने बताएका छन ।

यस्तै सबैलाई एनआरएनएमा सहभागिताको सुनिश्चितता गराउन साथै नेपाली कला संस्कृति, संस्कार अनि परम्परालाई नेपाली डायस्पोरामा पुर्याउन, गैर आवासीय नेपाली संघले सञ्चालन गरेको परियोजना र गतिविधिहरुको पारदर्शितारूपमा सुरुवात गर्दै सचिवालय सञ्चालन गर्ने र अनावश्यक आर्थिक चलखेल र अनियमितालाई रोक्ने र नियन्त्रणको निम्ति पारदर्शीरुपमा सार्वजनिक गर्न, अनावश्यक कर्मचारी समेत कटौती गर्न आफ्नो उमेद्धवारी रहेको सुवेदीको भनाइ छ ।

गैर आवासीय नेपाली संघको पंजीकृत सदस्य र राष्ट्रिय समन्वय परिषदहरु स्वाधीनता र स्वतन्त्रतामा हस्तक्षेप नगरी समन्वयकारी भूमिका निर्वाह गरेर विधानको पूर्ण कार्यान्वयनका लागी आफू र आफू नेतृत्वको टिम पूर्ण प्रतिबद्ध हुँदै संघलाई एनआरएनको मन मस्तिष्क सँग जोड्ने उनको योजना छ । एनआरएनलाई राम्रो संस्था बनाउने आफ्नो मुख्य लक्ष्य राखेका सुवेदीले महासचिवमा सबैको सहयोग र मतको अपेक्षा गरेका छन । सुवेदीले गैरआवासीय नेपालीहरूको सम्मानै आफ्नो पहिचान भएको बताएका छन ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार २०:४९