२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

हुम्लामा हिमपात, तापक्रम माइनस ६ डिग्रीमा झर्यो

१८ कात्तिक, काठमाडाैँ । हिमाली जिल्ला हुम्लामा अाज बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात सुरु हुने गरेपनि  यस वर्ष दुर्इ महिना अघि कात्तिकमै हिमपात हुन थालेको हो ।

आइतबार बिहानबाट सुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ । शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुन थालेको हो ।

फाइल तस्बीर ।

बालीनाली घर नभित्र्याएका किसान हिमपातका कारण चिन्तित बनेका छन् । कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने स्थानीय बताउँछन ।

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार ११:२९