१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

एमाले बागमती प्रदेश अधिवेशन ११३१ मत खस्यो, ४१ ले मत दिएनन्

१२ असोज, काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । १ः३० बजेबाट सुरू भएको मतदान ८ः३० बजे सात घण्टामा सम्पन्न भएको हो । निर्वाचन अधिकृत डिल्ली मैनालीले ११३१ मत खसेको जानकारी दिए । उनले ११७२ मत मध्ये ४१ ले मतदान गरेनन् । मैनालीले करिब डेढ घण्टाको बीचमा मतगणना सकिने र अन्तिम मतपरिणाम सार्वजनिक हुने जानकारी दिए ।

एमाले बागमतीको अध्यक्षमा उम्मेदवारी दिएका पाँच मध्ये अन्तिम प्रतिस्पर्धामा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल रहेका छन । उनीहरू दुबै केन्द्रीय सदस्य हुन । अध्यक्षमा उम्मेदवारी दिएका केशवराज पाण्डेको निर्वाचन आयोगले उम्मेदवारी नै लिएन भने सानुकुमार श्रेष्ठ र केशव बुढाथोकीले उम्मेदवारी फिर्ता लिएर दाहाललाई सहयोग गर्ने निर्णय गरेका छन ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार २०:३७