२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

अभिनेता अनमोल केसी पक्राउ

१२ असोज, काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट  पक्राउ गरेको हाे ।

उनिविरुद्ध ‘रावायण’ फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए ।

पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले दिएको उजुरीका आधारमा प्रहरीले यसअघि नै केसीविरुद्ध पक्राउ पुर्जी लिएकाे थियो।

उजुरी आएपछि अपराध अनुसन्धान कार्यालयले केसीलाई छलफलका लागि कार्यालयमा बोलाएको थियो। तर उनले अटेरी गर्दै फिल्म सुटिङमा लागेका थिए। उजुरीबारे छलफलका लागि प्रहरी कार्यालयमा बोलाउँदा पनि नआएपछि प्रहरीले पक्राउ पुर्जी लिएर उनलाई शुक्रबार पक्राउ गरेको हो।

प्रकाशित मिति : 18:02