१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित

१२ असाेज, काठमाडाैं । सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार शिक्षा मन्त्रालयमा भएको सहमतिमा शिक्षा मन्त्री अशोक राई र संर्घष समितिको तर्फबाट खेम अधिकारी लगायतले हस्ताक्षर गरेका छन् ।​

शिक्षा मन्त्री राईले आन्दोलनरत शिक्षकको मागलाई संसद्‌मा लैजाने प्रतिबद्दता जनाएपछि शिक्षकले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।

नयाँ शिक्षा विधेयकमा ५० प्रतिशत मात्रै राहत शिक्षकले प्रतिस्पर्धामा भाग लिन पाउने व्यवस्था अन्त्य गर्ने सहमति भएको छ ।सहमतिपछि अब शत प्रतिशत राहत शिक्षकले नै प्रतिस्पर्धामा भाग लिन पाउने छन् । पास हुने शिक्षकलाई स्थायी गरिने छ भने फेल हुनेलाई बिदाइ गरिने छ ।

सहमतिपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै शिक्षा मन्त्री राईले आजको सहमति शिक्षक महासंघसँग गत शुक्रवार भएको सम्झौताको उत्तर खण्ड भएको बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार १६:५५