१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

प्रदेश ३ को भौतिक पूर्वाधारमन्त्री को ? चर्चामा फूयाँल, पाण्डे र शाक्य

१८ कात्तिक, काठमाडाैँ । प्रदेश नम्बर ३ काे भौतिक पूर्वाधार विकास मन्त्रीबाट केशव स्थापित बर्खास्त भएपछि नयाँमन्त्रीको चर्चा पनि सँगै चलेको छ । काम गर्न नसकेकोदेखि याैन दूर्व्यवहारसम्मको अारोप लागेका स्थापित मन्त्रीबाट बर्खास्त भएपछि त्यसका लागि केही सांसदले लबिङ तीब्र पारेका छन ।

मन्त्रीको चर्चा र सम्भावनामा मुख्यतया तीन जना सांसद देखिएका छन । काठमाडाैँका प्रदेश सांसदद्धय रामेश्वर फूयाँल र डा अजयक्रान्ति शाक्य तथा नुवाकोटका प्रदेश सांसद केशव पाण्डे रहेका छन । काठमाडाैँ उपत्यकामा धेरै प्रदेश निर्वाचन क्षेत्र रहेको काठमाडाैँको बदालामा काठमाडाैँलार्इ मन्त्री दिनुपर्छ भन्ने राय पनि देखिएको छ । यद्यपी नुवाकोट र रसुवाको प्रतिनिधित्व गर्ने गरी एक जना पनि मन्त्री नभएकाले एउटा मन्त्री त्यता दिनुपर्ने अावाज पनि उत्तिकै उठेको देखिन्छ ।

प्रदेश सांसद रामेश्वर फूयाँल मन्त्रीका लागि योग्य व्यक्ति हुन । लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा अोली निकटको समूहमा देखिएका फूयाँल पनि मन्त्रीको लबिङमा देखिएका छन ।  दैनिकीले फूयाँललार्इ सम्पर्क गर्दा पार्टीको निर्णय नै सर्वोपरी हुने भएकाले अाफूले उक्त निर्णयपछिमात्र बोल्ने बताए । यद्यपी उनले अान्तरिक रूपमा अाफ्नो अभियानलार्इ भने तीव्र पारेका छन ।

प्रदेश सांसद केशवराज पाण्डे पनि मन्त्रीका लागि योग्य व्यक्ति हुन । लामोसमयदेखि प्रधानमन्त्री अोली निकट समूहमै रहेर काम गरेका उनी पार्टीको विदेश विभागका पूर्व सचिव समेत हुन । प्रधानमन्त्री अोली तत्कालीन एमालेको विदेश विभागको प्रमुख रहँदा पाण्डे नै उक्त विभागको सचिवको जिम्मेवारीमा रहेका थिए । पाण्डेले पनि मन्त्रीका लागि अाफ्नो दाैड सुरू गरेका छन । उनलार्इ राष्ट्रपति कार्यालयको  समेत सकारात्मक सद्भाव रहेको नेकपाकै नेताहरू बताउँछन ।

अर्का प्रदेश सांसद डा अजयक्रान्ति शाक्य पनि मन्त्रीका लागि योग्य व्यक्ति हुन । उनी अोली पहिलोपटक प्रधानमन्त्री हुँदा उनको सल्लाहकार भएर काम गरेका थिए । अोलीसँग पारिवारिक नातामा समेत निकट रहेका शाक्य अोलीको विश्वासपात्र पनि भएकाले मन्त्रीको सम्भावनामा अग्रपंक्तिमा छन । उनले पनि मन्त्रीका लागि अान्तरिक तयारी सुरू गरेका छन ।

नेकपाका नेताहरूका अनुसार स्थापितलार्इ विस्थापित गरेको मन्त्री पदमा अाउने व्यक्ति प्रधानमन्त्री र मुख्यमन्त्रीको विश्वासपात्र नै अाउने बताउँछन । यद्यपी केही साता नयाँमन्त्री नियुकक्त नगर्ने सोच मुख्यमन्त्री पाैडेलले नबनाएको उनको सचिवालयले बताएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार ०९:२४