५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

इन्जिनियर डा. श्रेष्ठको एनआरएनए उपाध्यक्षमा उम्मेदवारीको घोषणा

अष्ट्रेलिया । गैर आवासिय नेपाली संघ (एनआरएनए)को एघारौ अन्तर्राष्ट्रिय महाधिवेशन नजिकिए संगै अष्ट्रेलियामा रहेर सामाजिक अभियन्ताका रुपमा परिचित डा.विनोद श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अन्तराष्ट्रिय समवन्य परिषदको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले एनआरएनए विदेशमा बस्ने नेपालीहरुको साझा सारथी  र नेपालमै बस्ने सबै नेपालीहरूले चिन्ने सम्झने साझा संस्था बन्न सफल भएको बताउदै संस्थाको विकास र विस्तारसगै थुप्रिएका विसंगतिहरुलाइ पाखा लगाई भविष्यमा अझ प्रभावकारी र सबैको थप अपनत्व हुनेगरि अगाडी बढाउन प्रवासमा इन्जिनियरिङ क्षेत्रमा हासिल गरेको ज्ञान-सिप-वीज्ञता, अनि आफ्नो स्वच्छ आचरण र समन्वयकारी ब्यक्तित्वले संस्थालाई नया उचाइमा पुर्‍याउन सहयोग पुग्ने शुभचिन्तकहरुको सुझाव अनुसार उमेदवारी घोषणा गरेका बताएका छन् ।

२००८ देखी अष्ट्रेलियामा विभिन्न नेपाली समाजिक क्रियाकलापमा संलग्न श्रेष्ठ २०११ बाट प्रत्यक्ष रुपमा एनआरएनएमा जोडिएका हुन् । उनले एनआरएनए अष्ट्रेलियाको  ज्ञान, सीप तथा पुँजी हस्तातरण  (SKI) टास्क फोर्सको पहिलो प्रमुख लगायत NCC/ICC मा विभिन्न टास्क फोर्स, सल्लाहकार आदी हुदै निरन्तर विभिन्न भुमिका निभाइ 2019-21 मा ICC सदस्य रहि कार्य गरिसकेका छन् । अस्ट्रेलियाको सिभिल इन्जिनियरिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निभाएका श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गर्दै विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुमा आबद्धता भएको अनुभवको आधारमा प्रवासी नेपालीहरूमाझ हार्दिकता कायम गर्दै NRNA ICC मा नेतृत्वदायी भूमिका निभाउने विश्वास व्यक्त गरेका छन् ।

एनआरएनएको एघारौ अन्तर्राष्ट्रिय महाधिवेश आगामी अक्टोवर १७-२० काठमाडौंको होटल सोल्टीमा हुदैछ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार १४:१३