२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

कीर्तिपुरमा गरिमा विकास बैंकको शाखा विस्तार

१२ असाेज, काठमाडाैं । विगत १६ वर्षदेखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आइरहेको छ।

आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिँदै बैंकले ऐतिहासिक धरोहर बोकेको काठमाण्डौको कीर्तिपुरमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२औँ शाखा कार्यालय सञ्चालन गरेको छ। काठमाण्डौ उपत्यकाको ऐतिहासिक एवं सुन्दर सहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिन्छ।

हाल, बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटीएम एवं डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ।

प्रकाशित मिति : 13:52