नेकपाका नेता नै लागूअाैषध तस्करीमा, वडा सदस्यसहित तीन जना पक्राउ
१८ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका एक जना नेता लागूअाैषध तस्करीमा लागेको पाइएको छ । प्रहरीले ३७ किलो लागूऔषध चरेस कारोबारमा संलग्न एकजना जनप्रतिनिधिसहित तीनजना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेकपाका नेता समेत रहेका अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ५ का वडा सदस्य टिकाबहादुर रास्कोटी मगरसहित बाग्लुङका जनक घर्ती र कपिलवस्तुको बाणगंगाका नहारी थारु रहेका झछनछ ।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार साँझ बुटवल बेलवास शान्तिचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । रास्कोटी तत्कालीन नेकपा एमालेको तर्फबाट निर्वाचित भएका वडा सदस्य हुन् । उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार ०८:२६












