२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

आन्दोलनका लागि शिक्षक बोकेर हिडेँको गाडी सडकबाट खस्यो

१२ असोज, काठमाडौँ । आन्दोलनका लागि शिक्षक बोकेर हिडेँको गाडी सडकबाट खसेको छ । काठमण्डौमा जारी राहत शिक्षकहरुको आन्दोलनमा सहभागी हुन आउँदै गरेका शिक्षकहरु दुर्घटनामा परेका हुन । म।प्र।०४–००१ ज।००६२ नम्वरको विद्युतीय भ्यान विपी राजमार्ग अन्तर्गतको सिन्धुली जिल्ला सुनकाशी गाउँपालिका वडा नम्वर ३ स्थित वोहोरेटारमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बिहान करिव साढे ७ वजे भएको दुर्घटनामा १० जना घाइते भएको र घाईते भएका छन । उनीहरूको धुलिखेल अस्पतालमा उपचार हुँदैछ । प्रहरीका अुनसार घाइते हुनेहरूमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्वर ६ निवासी निरकुमार चालिसे, विष्णु ढकाल, उनका छोरा निश्चल ढकाल र सरोज थापा, वडा नम्वर ५ का कमला घिमिरे, वडा नम्वर १ का मुकुन्द थापा र भुवन थापा, वडा नम्वर ४ का वविता देवकोटा रहेका छन । त्यसै गरी तीनपाटन गाउँपालिका वडा नम्वर १० का राजन कार्की र जिल्ला काभ्रे वनेपा नगरपालिका वडा नम्वर १० का गार्की वस्नेत पनि घाइते भएका छन ।

घाइतेहरु अधिकांसको हात र अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरिन्जिवि दाहालले जानकारी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ११:४६