१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

छुट्ला है ! सर्वसाधारणले नेसनल लघुवित्तको सेयर भर्ने आज अन्तिम दिन

१२ असोज, काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाको लिलामी भर्ने आज असोज १२ गते अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ६२ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो । उक्त सेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

बिक्रीमा राखिएकाे उक्त सेयरकाे मूल्य प्रतिकित्ता ५३० रुपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । बिक्रीमा राखिएकाे उक्त सेयरमा संस्थापक सेयरधनीका साथै, जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि बिक्री प्रबन्धक एनआईएमबी एस लाजिम्पाट काठमाडौँमा आवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार १०:४१