विकास बैंकले एक महिनामा कमाए ८४ करोड बढी नाफा, पहिलोमा गरिमा बैंक
११ असाेज, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा सञ्चालमा रहेका राष्ट्रिय स्तरका विकास बैंकले ८४ करोड २१ लाख ९० हजार रुपैयाँ नाफा कमाएका छन् ।
सञ्चालनमा रहेका राष्ट्रिय स्तरका आठ वटा विकास बैंकले साउनमा ८४ करोड २१ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् । साउनमा सबैभन्दा धेरै नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ । गरिमा विकास बैंकले साउनमा २४ करोड ९५ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यस्तै, दोस्रोमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथ विकास बैंकले यस असधिमा १६ करोड ८० लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । याे अवधिमा कामना सेवा विकास बैंकले ८ करोड १३ लाख ३० हजार रुपैयाँ, लुम्बिनी विकास बैंकले ७ करोड ९१ लाख ५० हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकले ७ करोड ८५ लाख ८० हजार, शाइन रेसुङ्गा विकास बैंकले ७ करोड १९ लाख २० हजार, सांग्रिला विकास बैंकले ५ करोड ६५ लाख २० हजार रुपैयाँ र ज्योती विकास बैंकले ५ करोड ७० लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार १३:३६