२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

नेकपा सांसद पाण्डेको चियापानमा नुवाकोटका जनतादेखि मुख्यन्त्रीसम्म सहभागी (फोटोफिचर)

१७ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नम्बर ३ का सांसद केशवराज पाण्डेले शनिबार गरेको चियापानमा नुवाकोटका जनताले उल्लेख उपस्थिति देखिएको छ । पाण्डेको सचिवालयका सदस्य समेत रहेका अनेराववियु नुवाकोटका अध्यक्ष विष्णु दाहालका अनुसार झण्डै एक हजार जनाले चियापान कार्यक्रममा सहभागिता जनाएका थिए ।

पाण्डेको सचिवालयमै अायोजित चियापान कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पाैडेल र पूर्वमन्त्री समेत रहेका नेकपाका नेता महेन्द्रबहादुर पाण्डे, नुवाकोटका प्रतिनिधिसभाका सदस्यहरू हितबहादुर तामाङ र नारायणप्रसाद खतिवडा, प्रदेश सांसद हिरानाथ खतिवडा, बद्री मैनाली र अाशामाया तामाङ, पूर्व सांसद समेत रहेकी नेकपाकी नेतृ विमला सुवेदी, नेकपाका नेता रामशरण प्याकुरेल लगायत सहभागी भएका थिए । त्यस्तै नुवाकोटको बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्र रमण खनाल, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, काठमाडाैँको तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा, नुवाकोटको तारकेश्वर गाउँपालिकाका प्रमुख रमेश वस्त लगायत पनि सहभागी भएका थिए ।

विभिन्न चाडपर्वको शुभकामना अादानप्रदानका लागि सांसद पाण्डेको सचिवालयले अायोजना गरेको कार्यक्रममा बोल्दै  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार प्रचारप्रसारभन्दा परिणाम ल्याउने गरी काम गर्न लागिपरेको बताए । उनले छ महिने प्रदेश सरकारका कामलाई २५० वर्षको सङ्घीय सरकारसँग तुलना गरिनु नहुने बताए ।

“सङ्घीय सरकारसँग २५० वर्षको, स्थानीय सरकारसँग ७० वर्षको अनुभव छ, यी दुई सरकारको कामसँग छ महिने प्रदेश सरकारको तुलना गरिनुहुन्न”, उनले भने । प्रदेश सरकार नरम देखिए पनि गलत काम गर्नेलाई नछोड्ने मुख्यमन्त्री पौडेलको प्रतिबद्धता छ ।

कार्यक्रममा सांसद पाण्डेले नुवाकोटका धेरै नेता कार्यकर्ता र जनतासँग एकै ठाउँमा बसेर शुभकामना अादनप्रदानका निम्ति चियापान कार्यक्रम गरेको बताए । उनले अाफू जनताको काममा सधैँ क्रियाशिल रहेको भन्दै विकास अाफैँ नअाउने भन्दै स्थानीयले चासो र सक्रियता देखाउँदा अाफूले दिनरात नभनी सहयोग गर्ने बताए ।

    

भिडियोः पत्रकार विष्णु तारूके ।

प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार २१:०५