६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

९ असाेज, काठमाडौँ। साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सुनकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला ४०० रुपैँयाले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ।

 अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीकाे मूल्य प्रतितोला ३० रुपैँयाले घटेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीकाे मूल्य तोलामा १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १०:५२