१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

सर्वसाधारणका लागि नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

८ असाेज, काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले आज असोज ८ गतेबाट १० लाख कित्ता सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बिक्रीमा राखिएको उक्त सेयरमा विद्यमान सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। भने अधिकतममा सम्पूर्ण कित्ताका लागि असोज १४ गतेसम्म खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसियाको काठमाडाैंको थापाथलीस्थित कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार ०९:३४