१८ अर्ब ७१ करोडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल
७ असाेज, काठमाडाैं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७१ करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले असोज ९ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँकाे ट्रेजरी बिल नवीकरण गर्ने भएकाे छ । याे ट्रेजरी बिल कात्तिक ७ गते परिपक्व हुनेछ । त्यस्तै, बैंकले ९१ दिनका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँकाे ट्रेजरी बिल नवीकरण गर्ने भएकाे छ । याे ट्रेजरी बिल पुस १० गते परिपक्व हुनेछ । भने बैंकले १८२ दिनका लागि ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। याे ट्रेजरी बिल चैत १३ गते परिपक्व हुनेछन्।
यी ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार १७:०४












