२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

आशा लघुवित्तको १ लाख ३० हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

७ असोज, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले केही सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले संस्थापक समूहको १ लाख ३० हजार कित्ता बढी सेयर बिक्रीमा राखेकाे हो। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बिक्रीमा राखिएको सेयरमा इच्छुक कम्पनी तथा व्यक्तिहरूले खरिद आवेदन दिन पाउनेछन्। इच्छुक लगानीकर्ताले सेयर निष्काशन भएकाे मितिले ७ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। लगानीकर्ताले काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा  आवेदन दिनुपर्नेछ।

कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुका लागि यो सेयर बिक्रीमा राखेको थियो। तर, ताेकिएकाे समय अवधिभित्र उक्त सेयर खरिद गर्नका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेका कारण संस्थाले अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री खुला गरेको हो।

प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार १०:४२