२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

महिला फुटबल–नेपाल भियतनामसँग पराजित

५ असोज, काठमाडौँ । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको छ । चीनको हाङझाउमा आज भएको उक्त प्रतियोगिताअन्तर्गत समूह डि को पहिलो खेलमा भियतनामले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो । भियतनामको जितमा फाम हाइ एन र न्यूगेन थि बीच थुइले समान एक÷एक गोल गरे । खेलको ५३ औँ मिनेटमा फाम हाइ एनले गोल गर्दै भियतनामलाई पहिलो अग्रता दिलाइन । त्यस्तै खेलको ६४ औँ मिनेटमा थि बीच थुइले एक गोल थप्दै आफनो टोलीको जित सुनिश्चित गरिन् । नेपालले अब आफनो दोस्रो खेल जापानसँग यही असोज ८ गते खेल्नेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १७:३३