मलेसिया सरकारद्धारा निजी क्षेत्रमा कार्यरत कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि
१७ कात्तिक, काठमाडाैँ । मलेसियाले सरकारले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ ।शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले पारिश्रमिक वृद्धि गरेको घोषणा गरेका हुन् ।
सरकारी घोषणाअनुसार अब कामदारले आगामी वर्ष जनवरीदेखि मासिक न्युनतम ११ सय रिंगिट पारिश्रमिक पाउनेछन् । हाल कामदारको न्युनतम पारिश्रमिक प्रायद्विप क्षेत्रमा पेनिन्सुलार मलेसियामा मासिक एक हजार र पूर्वी मलेसियामा ९ सय रिंगिट कायम छ । हाल घोषित नीति पूर्ण रुपमा कार्यान्वयन भएमा नेपालीसहित निजी क्षेत्रमा कार्यरत सबै विदेशी कामदारसमेत लाभान्वित हुनेछन् ।
प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार ०८:२१