१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

कहिलेसम्म कायम सेयरधनीले पाउँछन् एनआईशी एसिया बैंकको लाभांश ?

५ असोज, काठमाडौं । एनआईसी एसिया बैंकले वार्षिक साधारणसभा बाेलाएकाे छ । बैंकले लाभांश प्रस्ताव पारित गर्न  आफ्नो २६ औँ वार्षिक साधारणसभा बाेलाएकाे हाे । बैंक सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा असोज २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा भद्रकाली आर्मी अफिसर्स क्लब काठमाडाैंमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। प्रस्तावित लाभांश बैंकको वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले असोज १६ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो बैंकको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १४:२१