२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

सुनको दैनिक आयात कोटा बढाएर २० केजी बनाउने तयारीमा राष्ट्र बैंक

५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढाउने तयारी गरेकाे छ  । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हाल दैनिक १० किलो रहेको सुन आयातको कोटा बढाउँदै २० केजी पुर्याउन सिफारिस गरेपछि राष्ट्र बैंकले कोटा बढाउने तयारी गरेको हो ।

‘सुन आयातको कोटा दोब्बर बनाउने निर्णय भएको छ’ राष्ट्र बैंकका एक कर्मचारीले भने तर, राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय परिपत्र भने गरिसकेको छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात कोटा बढाउने निर्णय गर्दै कार्यान्वयको लागि राष्ट्र बैंकलाई पत्रचार गरेको थियो । दैनिक १० केजी सुनले बजारको माग धान्न नसक्ने भन्दै सुन व्यवसायीले कोटा बढाउन माग गर्दै आएका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १४:०६