२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

बाँकेमा सिद्धार्थ होटलको गाडीको ठक्करबाट दुर्इ जनाको घटनास्थलमै मृत्यु

१७ कात्तिक, बाँके । बाँकेको कोहलपुरमा ल्याण्डरोभर गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको  छ । कोहलपुर विद्युत चोक नजिक बा ६ च ८२९९ नम्बरको ल्याण्डरोभर गाडीले भे ८ प २४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका –१, भूरिगाउँका ५५ वर्षीय काशीचन्द्र न्यौपाने र ठाकुरबाबा नगरपालिका –९, ठाकुरदराका ५० वर्षीय इन्द्रप्रसाद भट्टराईको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये काशीचन्द्र न्यौपाने ज्वाईँ र देवीराम भट्टराई जेठान रहेको बताइएको छ । ठक्कर दिने गाडी नेपालगञ्जको सिद्धार्थ होटलको रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका दुवै जनाको शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल लगिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार ०७:४६