१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त

५ असाेज, काठमाडाैं । एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन् । असाेज ५ गते शुक्रबार बसेको सञ्चालक समितिको १८४औँ बैठकबाट पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरिएको हो ।

पौडेल कम्पनी सचिवमा नियुक्त हुनु अघि यसै संस्थामा प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत थिए । साथै यसअघि यसै संस्थाको प्रमुख जोखिम अधिकृतको पदमा कार्यरत विशाल उप्रेतीले नै यस संस्थाको कम्पनी सचिवको जिम्मेवारी सम्हाली रहेका थिए । सञ्चालक समितिको बैठकबाट उप्रेतीको राजिनामा स्वीकृत भए पश्चात पौडेलले संस्थाको कम्पनी सचिव पदको जिम्मेवारी सम्हालेका हुन ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १२:२६