सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गराउन सिटिजन लाइफको आग्रह
५ असोज, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना संस्थापक सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेकाे छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै संस्थापक सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गर्न अनुराेध गरेकाे हाे ।
सेयर सीडीएससीमा दर्ता तथा नेप्सेमा सूचीकरणको प्रक्रियामा रहेको जनाउँदै कम्पनीले संस्थापक सेयरधनीहरुलाई आफ्नो सेयर अभौतिकीकरण गर्न भनेकाे हाे ।
भौतिक रुपमा जारी गरेको संस्थापक सेयर तथा सोको हकप्रद सेयर प्रमाणपत्रहरुका साथै आफ्नो हितग्राही खाता खोलेको प्रमाणको प्रतिलिपिसहितको कम्पनीको वेबसाइटमा उपलब्ध ‘अभौतिकीकरण गरिदिने फाराम’ भरी सेयर अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय काठकाडाैंकाे थापाथलीस्थित एलएस कम्प्लेक्समा बुझाई आफ्नो संस्थापक सेयरलाई अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ।
प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १२:०५