६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

लगातार घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

५ असाेज, काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि  सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बिहीबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो। पछिल्लो ३ दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १०:५८