१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

नेपाली कांग्रेसको महासमिति बैठक सर्ने निश्चित, महामन्त्री कोइरालाले गरे यस्तो घोषणा

१६ कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेसको महासमिति बैठक सर्ने  निश्चित भएको छ । कांग्रेस महामन्त्री डा शङ्शाक कोइरालाले पार्टीको आसन्न महासमिति बैठक केही सातापछि सर्ने बताएका हुन ।

कांग्रेसले आज आयोजना गरेको चियापानमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले प्राविधिक कारणले महासमितिको बैठक एक-दुई हप्ता पछाडि सर्ने सम्भावना रहेको जानकारी दिए । काङ्ग्रेसको महासमिति बैठक आगामी मङ्सिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने तय भएको थियो ।

उनले काङ्ग्रेसको आगामी नेतृत्व कोइराला परिवारमा जानुपर्ने धारणा समेत राखेका छन ।  साथै आफू पार्टीको नेतृत्वमा आएमा पार्टीलाई एक ढिक्का बनाउन सक्ने सामथ्र्य राख्ने पनि उनले बताएका छन ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार २३:१५