१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

स्प्यारो एसएमएस अब रिब्रान्डिङ र नयाँ विशेषताका साथ

३ असाेज, काठमाडाैं । बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै स्प्यारो एसएमएसले आफ्ना एसएमएस सेवाका अतिरिक्त भ्वाइस र भाइबर बिजनेस मेसेजिङ सेवा आफ्नो प्लाटफर्ममा जोडेको छ।

यी सेवाको बढ्दो मागलाई सम्बोधन गर्दै स्प्यारो एसएमएसले विश्वव्यापी स्तरमा एसएमएस र इन्टरप्राइज मेसेजिङ प्लेटफर्म सुरु गर्ने तयारी गरिरहेको छ। यस विस्तारको उद्देश्य स्प्यारोको प्लाटफर्मको दक्षता र विश्वसनीयता अब नेपालबाहिर र विश्वव्यापी प्रयोगकर्तामाझ पुर्याउनु हो।

स्प्यारो एसएमएसले १३ वर्षभन्दा लामो समयदेखि नेपालमा अग्रणी एसएमएस सेवा प्रदायकका रुपमा आफ्नो स्थान कायम राखेको छ। पर्याप्त प्राविधिक विकास र सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट स्टार्टअप र व्यवसायहरुको विस्तारको सन्दर्भमा स्प्यारो एसएमएसले विभिन्न कम्युनिकेसन च्यानल एकीकृत गर्न सक्षम इन्टरप्राइज मेसेजिङ प्लाटफर्मको आवश्यकता महसुस गर्यो। यस अनुभूतिले एक परम्परागत एसएमएस सेवा प्रदायकबाट बृहत् इन्टरप्राइज मेसेजिङ प्लाटफर्ममा रुपान्तरण गरी रिब्रान्डिङका साथ अगाडि बढ्न प्रेरित गरेको कम्पनीले जनाएको छ।

यस रिब्रान्डिङपश्चात आफ्ना प्रयोगकर्तामाझ आजको दिनमा आवश्यक कम्नुनिकेसनका टुलहरुमार्फत अझै स्तरीय सेवा प्रदान गर्ने विश्वास कम्पनीको रहेको छ।

प्रविधि र सञ्चारको द्रुत–गतिगतिमा भइरहेको विकासले मानिसका आनीबानीहरुमात्रै होइन व्यवसायहरु नै परिवर्तन गरिरहेको यस समयमा व्यवसायहरुले आफूलाई समयअनुसार ढाल्न सक्नु र आफ्नो अस्तित्व बचाइराख्नु आजको अपरिहार्य आवश्यकता हो। नयाँ लुक्स र सेवाहरुले क्उबचचयध एसएमएसको समयअनुसार उपयुक्त र आवश्यक सेवाहरु विस्तार गर्दै प्रयोगकर्ताको चाहना बुझ्दै नवीनतम प्रविधि भित्र्याउने र थप परिष्कृत सेवा दिने प्रतिबद्धता देखाउँछ।

यस रिब्रान्डिङले स्प्यारो एसएमएस र यसका प्रयोगकर्तालाई थप आकर्षक सेवाहरु प्रदान गर्नेछ। एउटा नयाँ र आकर्षक ब्रान्ड लुक्सले एसएमएसको एक इन्टरप्राइज मेसेजिङ कम्पनीका रुपमा भएको रुपान्तरण प्रतिविम्बित गर्नेछ। एसएमएसको नयाँ लोगोले एसएमएस, भ्वाइस र इन्स्ट्यान्ट मेसेजिङमा स्पिड, दक्षता र विश्वसनीयतालाई प्रतिनिधित्व गर्दछ।

यसका साथै नयाँ स्वरुपमा डिजाइन गरिएको वेबसाइटले आवश्यक जानकारी खोज्न र सेवा प्रयोग गर्न सजिलो बनाउँछ। अपडेट गरिएका रङहरूले व्यावसायिकता, विश्वास र नवीनता ल्याउँछ। एसएमएसको इन्टरप्राइजेज मेसेजिङ प्लेटफर्ममा भएको यस रिब्रान्डिङपश्चात कम्पनी र संस्थाहरुले आफ्ना नवीनतम सञ्चार आवश्यकताहरु पूरा गर्नका लागि तयार पारिएका नयाँ र परिष्कृत सेवाहरुको अपेक्षा गर्न सक्छन्।

यस रूपान्तरणपश्चात कम्पनीले निम्न सेवा र विशेषता ल्याउने छ-

मल्टी– च्यानल कम्युनीकेशन प्लेटफर्म

नयाँ सेवाहरुः ओटीपी, २एफए (दुई–चरणको प्रमाणीकरण), अन्तर्राष्ट्रिय एसएमएस, मिस्ड कल मार्केटिङ, च्याटबट सेवा आदि
सरल इन्टिग्रेसन र एपीआई सेवा

सुदृढ र मजबुत डाटा सुरक्षा

चौबीसै घन्टा उपलब्ध ग्राहक सेवा

यो रिब्रान्डिङले केवल बाहिर देखिने आवरणभन्दा अन्य धेरैथोक प्रतिनिधित्व गर्दछ। यसले स्प्योरो एसएमएसको सेवामा रूपान्तरण र विकास, प्रयोगकर्ताको अनुभव सुधार्न र इन्टरप्राइज कम्युनीकेसनमा उत्कृष्टता हासिल गर्ने उद्देश्य रहेका साथै व्यवसायको बदलिँदो सञ्चार आवश्यकतालाई पूर्ति गर्न सक्ने बृहत, प्रयोगकर्ताले रोजेअनुसारको र प्राविधिक रूपमा थप सशक्त इन्टरप्राइजेज मेसेजिङ प्लाटफर्म प्रदान गरेर इन्टरप्राइज मेसेजिङलाई माथि उठाउनु नै यस रिब्रान्डिङको मुख्य लक्ष्य रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले बताए।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार १५:४५