ग्लोबल आइएमई बैंक र भि जिइम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर
३ असाेज, काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र भि जिइम्पेक्स प्रा.लि. (जिडब्लुएमनेपाल)बीच ग्राहक वर्गलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी अनुसार बैंकले, भि जिइम्पेक्स प्रा.लि.तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने इन्धनमा आधारित ह्याभलब्राण्डका एसयुभि, पावरब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३कार्य दिन भित्र बैंकले नियमानुसार उचित ठहर्याएका ग्राहकलाई सहज रुपमा सवारी साधनकर्जा प्रवाह गर्नेछ ।
उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भि जिइम्पेक्स प्रा.लि.का उपाध्यक्षरुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन् ।
आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५०शाखा, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ०९:५२