१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

संविधान दिवसमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने

२ असोज, काठमाडौँ । नेकपा (एमाले)ले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने भएको छ । संविधान दिवसका अवसरमा असोज ३ गते बिहान ७ बजे काठमाडौँको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भइ राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।

अध्यक्ष ओलीले नागरिकका हक संविधानमा लेखिएका दिन असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’ नारासहित संविधान दिवस मनाउन आग्रह गरेका छन् । उनले नारायणचौरमा भेट गरी यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाउन अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार १४:४५