६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

डलरको भाउ फेरि नयाँ उचाइमा, कमजोर बन्दै नेपाली रुपैयाँ

२ असाेज, काठमाडाैं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विदुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३३.५४ रुपैयाँ र खरिददर १३२.९४ रुपैयाँ कायम भएको छ। जुन नेपाली बजारमा हालसम्मकै उच्च हो।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको छ।भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

यसअघि गत भदौ २२ गतेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३३.४४ रुपैयाँ र खरिददर १३२.८४ रुपैयाँ कायम भएको थियो। जुन नेपाली बजारमा हालसम्मकै उच्च थियो।

डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ। तर आयात भने झनै महँगो हुने गर्छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार ११:१०