१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

सानिमा इक्विटी फण्डको बुकक्लोज मिति तय, कहिलेसम्म कायम इकाइधनीले पाउछन् लाभांश ?

३१ भदाै, काठमाडाैं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सानिमा इक्विटी फन्ड’को लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।

योजना व्यवस्थापक सानिमा क्यापिटलले यो योजनाको लाभांश वितरणार्थ असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ असोज ११ गतेसम्म कायम इकाइधनीहरुले मात्रै यो योजनाको लाभांश पाउन योग्य हुनेछन्।

आर्थिक वर्ष २०७९/८०का लागि फण्डले आफ्ना इकाईधनीहरुलाई कर सहित १८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो। फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्धक सानिमा बैंक लिमिटेड रहेको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार १२:३५