१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

एमाले बागमती अधिवेशनः अध्यक्षमा केशव पाण्डे, कृष्ण दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने

३१ भदौ, काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा अध्यक्षका लागि तीन जना प्रतिस्पर्धी हुने प्रारम्भिक संकेत देखिएको छ । वर्तमान अध्यक्ष केशवराज पाण्डेसहित दुई केन्द्रीय सदस्य प्रदेश अधिवेशनको प्रतिनिधि बनेर अधिवेशनको तयारीमा जुटेका छन । अध्यक्षका लागि तयारी गरेका केन्द्रीय सदस्यमा कृष्ण दाहाल र  कैलाश ढुंगेल रहेका छन ।

पाण्डे नुवाकोटबाट दाहाल मकवानपुरबाट र ढुंगेल रामेछापबाट प्रतिनिधि चुनिएका छन । पाण्डे र ढुंगेल बागमति प्रदेशका पूर्वमन्त्री हुन भने दाहाल प्रतिनिधिसभाका पूर्व सदस्य हुन । प्रदेश अध्यक्षका लागि महासचिव शंकर पोखरेलको टिमबाट अध्यक्षका उम्मेदवार बन्ने भनिएका डा खेम लोहनी धादिङबाट प्रतिनिधि नै आएनन् । चर्चाकै लागिमात्रै पोलिटब्यूरो सदस्यहरू महेश बस्नेत र आनन्द पोखरेलको नाम पनि अगाडी ल्याइएकोमा उनीहरू पनि प्रदेश अधिवेशनका लागि प्रतिनिधि नै चयन भएनन् ।

असोज ८ र ९ गते काठमाडौंमा हुने अधिवेशनमा घटीमा दुई र बढीमा तीन जना उम्मेदवार हुने करिब निश्चित भएको नेताहरूले बताएका छन । तीन जना उम्मेदवारकै बीचमा चुनाव भए पाण्डे र दाहालको बीचमा प्रतिस्पर्धा हुने चर्चा एमाले वृत्तमा चलेको छ । यद्यपी यसका लागि अधिवेशनकै प्रतिक्षा गर्नुको विकल्प छैन ।

प्रदेशको पदाधिकारीमा यसअघिकै पदाधिकारीको अलवा रमेश आचार्य, बलराम आचार्य, पूर्णलाल श्रेष्ठ लगायतको नाम पनि चर्चामा रहेको छ । केही जिल्लाका केही पालिकामा बोहक धेरै ठाउँमा एमालेले सहमतिको आधारमा प्रदेश अधिवेशनको प्रतिनिधि चयन गरेको छ । कतै कतै उम्मेदवारी दर्ता गर्न लगाएर शुल्क अशुल गरी सहमतिको नाममा नेताहरूको तोकका भारमा पनि प्रतिनिधि चयन भएका छन । एमाले बागमतीले पालिकास्तरबाट एकैदिन २७ गते प्रतिनिधि चयन गर्ने निर्णय गरको थियो । पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको शोकका कारण सरेको प्रतिनिधि चयन भदौ ३० मा सकिनुपर्नेम कतिपय पालिकामा अझै बाँकी रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार १४:५५