३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मुलुकलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन कांग्रेसलार्इ प्रचण्डको अाग्रह

१६ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई अाग्रह गरेका छन ।

नेपाली कांग्रेसको चियापान कार्यक्रममा सहभागी हुँदै अध्यक्ष दाहालले विपी कोइरालाले सुरु गरेको राष्ट्रिय मेलमिलापको नीतिअनुसार मुलुकमा ठूल्ठूला परिवर्तन भएको उल्लेख गर्दै अब मुलुकलाई समृद्ध बनाउने अभियानमा पनि विपीको त्यो नीतिको आवश्यक्ता रहेको अाग्रह ।

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढ्न पनि सबै राजनीतिक दल र नागरिक समाजका अगुवाहरु एकतावद्ध भएर अघि बढनुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो । जनताको चाहना अनुसार मुलुकलाई अघि बढाउन सबै राजनीतिक दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको अध्यक्ष दाहालको भनाई छ ।

प्रकाशित मिति : 18:29