१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

दुई कम्पनीले घोषणा गरे लाभांश, कुनकाे कति ?

३१ भदाै, काठमाडाैं । दुई कम्पनीले लाभांश घाेषणा गरेका छन् । युनिक नेपाल लघुवित्त र सिटिजन्स बैंक इन्टरनेसनलले लाभांश घाेषणा गरेका हुन् ।

युनिक नेपाल लघुवित्तको भदौ ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

विभिन्न कारणहरुले गर्दा स्थापना कालदेखि हाल पाँचवर्षसम्म सेयरधनीहरुलाई लाभांस वितरण नगरेको हुनाले गत आर्थिक वर्ष २०७९/०८० सम्मको लाभांश बाँड्न मिल्ने कोष र राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार लाभांश वितरण गर्ने निर्णय गर्दै लाभांश वितरण गर्ने प्रस्ताव  स्वीकृतिका लागि राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिने कम्पनीले जनाएकाे छ ।

त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घाेषणा गरेकाे हाे । बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार ११:००