१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

‘सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ’

३१ भदौ, मङ्गलबारे (इलाम), ३१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताए । प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले जातजातिबीचको सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ भने।

उनले गणतन्त्रलाई सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक रहेकामा जोड दिए । भेलामा कोशी प्रदेशका प्रेस सेन्टरसँग आबद्ध पत्रकारको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार ०७:४५