१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार रासस अध्यक्ष झालाई

२९ भदौ, बेलबारी (मोरङ) । कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको छ । पिताम्बर खिलेश्वरी स्मृति प्रतिष्ठान र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले आज विराटनगरस्थित आयोजना गरेको एक कार्यक्रममा झालाई सो पुरस्कार प्रदान गरिएको हो । उनलाई रु २५ हजार राशिको पुरस्कार र सम्मानपत्र कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदान गरेका छन् ।

लामो समयदेखि पत्रकारितामा पु¥याएको योगदानको कदरस्वरुप झालाई सम्मान गरिएको पत्रकार महासङ्घ मोरङले जनाएको छ । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष झा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षसमेत छन् । कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०४५ सालदेखि निरन्तर मोति जयन्तीका अवसर पारेर प्रदान गरिँदै आएको छ । मोति जयन्तीका दिन शोक बिदा भएकाले एक दिन ढिलो गरेर पुरस्कार वितरण गरिएको पत्रकार महासङ्घ मोरङले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १९:५३