मन्त्रीकै हैसियतमा अाइतबार चीन जान्छु, फर्केपछि नेतृत्वसँग कुरागर्छुः स्थापित
१६ कात्तिक, काठमाडाैँ । प्रदेश नम्बर ३ काे भौतिक पूर्वाधार तथा योजनामन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले अाफू मन्त्रीकै हैसियतमा अाइतबार चीन जाने बताएका छन । शुक्रबार मुख्यमन्त्री डोरमणि पाैडेलले मन्त्रीबाट बर्खास्त गरेपछि दैनिकी डटकमसँग कुरा गर्दै स्थापितले अाफूले पनि केही समय अघि बर्खास्त गरिएको भन्ने सूचना पाएको जानकारी दिए ।
उनले बर्खास्तीपछि अहिले कुनै प्रतिक्रिया नदिने र पार्टी नेतृत्वसँग छलफलपछि मात्रै बोल्ने बताए । मन्त्रीको हैसियतामा चीन जाने र चीनबाट फर्किए लगत्तै आफूलाई बर्खास्तीको कारणलगायतका बिषयमा पार्टी नेतृत्वसँग छलफल गर्ने उनले बताए ।
प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १७:३५