१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एसिसी प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

२९ भदौ, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यू–१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । आगामी अक्टोबर १२ देखि २४ ताखिसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । उक्त प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यसैगरी समूह बी मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार र चीन छन् ।

समूह सी मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् भने समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् । बन्द प्रशिक्षणमा बोलाइएका टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा ए, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्म्रे, दीपक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल र सुवास भण्डारी छन् । त्यसैगरी विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिससिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव रहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १७:३८