६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ काराेबार ?

२९ भदाै, काठमाडाैं । साताकाे अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बिहीबार सुनको मूल्य स्थिर रहदै छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ११:०१