लाभांश प्रस्ताव पारित गर्न प्रभु क्यापिटलले बाेलायाे वार्षिक साधारणसभा
२९ भदाै, काठमाडाैं । प्रभु क्यापिटलले वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनी सञ्चालक समितिको बैठकले आफ्नो १५ औँ वार्षिक साधारणसभा असोज १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडाैंकाे नागपोखरीस्थित अरण्य बुटिक होटेल एन्ड रेस्टुरेन्टमा दिउँसो १ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट सेयरधनीहरुलाई करसहित ६.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले आर्थिक वर्ष २०७९–८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यसको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।
प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १०:४१