केशव स्थापित प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्त
१६ कात्तिक, काठमाडाैँ । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापित पददबाट बर्खास्त भएका छन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थापितलार्इ संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरेका हुन । मुख्यमन्त्री पाैडेलले उक्त मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका छन ।
‘संविधानले दिएको अधिकार प्रयोग गर्दै मुख्यमन्त्रीले मन्त्री स्थापितलाई बर्खास्त गरेका हुन । बर्खास्तीमा परेका मन्त्री स्थापित र मुख्यमन्त्रीबीच बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकमा चर्काचर्की भएको थियो ।
जनतासँग प्रत्यक्ष जोडिने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको गति सुस्त भएको र मन्त्री स्थापितको पनि कार्यशैली ठीक नभएको कुरा मुख्यमन्त्रीले बताएपछि उनी बैठकमै आक्रोशित भएका थिए । उनले स्थापितलार्इ बर्खास्त गर्नुअघि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा अोलीसँग अनुमति लिएका थिए ।
प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १५:३९